Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

वायु प्रदूषण : सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञको सुझाब

वायु प्रदूषण : सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञको सुझाब

'तत्काल सुधार हुने सम्भावना छैन'
  • मंगलवार, चैत्र २४ २०७७

  • 1.1K
    SHARES

  • वायु प्रदूषण : सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने  विज्ञको सुझाब

    काठमाडौँ । प्रदूषित शहरको सुचीमा हिजोदेखि विश्वकै शीर्ष स्थानमा रहेर फेरि खराब रेकर्ड बनाएको काठमाडौँ उपत्यकामा आज पनि सुधार देखिएको छैन । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमका अनुसार आजपनि काठमाडौँ एक नम्बरमा रहेको छ ।

    यसअघि यहि चैत १३ गते पनि काठमाडौं प्रदूषित शहरको सुचीमा विश्वकै शीर्ष स्थानमा रहेर खराब रेकर्ड बनाएको थियो । आज विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको दोस्रो नम्बरमा भारतको राजधानी नयाँ दिल्ली छ । अहिले मुलुकका विभिन्न ठाउँका वनजंगलमा भएको आगलागी र डढेलो नै वायु प्रदूषणको मुख्य कारक रहेको विज्ञहरु बताउँछन् ।

    विभिन्न स्थानमा राखिएको वातावरण विभागको वायु गुणस्तर स्टेशनमा आजको मापन अनुसार प्रदूषित वायुको स्तर खासै घटेको छैन । सामान्यतया ए क्यू आई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ भने ए क्यू आई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

    हानिकारक वायु अझै केही दिन रहे जनस्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने विज्ञको चेतावनी छ । बिषेशगरी श्वासप्रश्वास सम्बन्धि रोग, फोक्सो, मुटु र मस्तिष्कसम्बन्धि रोग भएकालाई यसले गम्भीर समस्या पार्न सक्ने जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेको भनाइ छ ।

    प्रदुषणको समस्या समाधान गर्न सरकारले अल्पकालीन र दीर्घकालीन रणनिती बनाउनुपर्ने जनस्वास्थ्यविद् डा. पाण्डेको सुझाव छ ।
    । अहिले देशभरका २३५ स्थानमा डढेलो सक्रिय अवस्थामा छ । मौसमविद् समिर श्रेष्ठका अनुसार अनुसार तत्कालै वर्षाको सम्भावना नरहेकाले काठमाडौँ उपत्यकाको प्रदूषण तत्काल हटिहाल्ने अवस्था छैन ।

    बिचमा केहि कम भएको प्रदूषण हिजोदेखि बढेको छ । घाम नलाग्ने, चिसो हुने, आँखा, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।

    यस्ता समस्याबाट दिर्घकालिन रुपमा कसरी मुक्त हुने भन्नेमा सम्बन्धित निकायय सबैपक्ष एकजुट भएर लागिपरेको वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशी बताउनुहुन्छ ।

    दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलो र मुलुकका विभिन्न ठाउँमा भएको आगलागी तथा डढेलोका कारण वायु प्रदूषित भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत वायु प्रदूषण बढेपछि स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । 

    वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । देशको प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा र लुम्बिनीमा पनि वायु प्रदूषणको उच्च प्रभाव देखिन थालेको छ ।

    त्यस्तै लुम्बिनीमा पनि प्रदूषण बढेको छ । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा पनि वायु प्रदूषण मात्र बढेको हो । भैरहवा–लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको छ ।यस्तो जोखिम अवस्थालाई कम गर्न सरकारको उचित कदम सँगै स्वयम् व्यक्तिले पनि ध्यान दिन जरुरी छ ।


    मंगलवार, चैत्र २४ २०७७०७:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij