Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव

मौसम पूर्वानुमान : देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव

  • मंगलवार, चैत्र २४ २०७७

  • 1.6K
    SHARES

  • मौसम पूर्वानुमान : देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    महाशाखाले हाल देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

    यसैगरी, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ ।

    महाशाखाले गरेको पूर्वानुमानका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ ।

    त्यसैगरी, पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    मंगलवार, चैत्र २४ २०७७०८:५८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij