Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

  • सोमवार, चैत्र २३ २०७७

  • 1.1K
    SHARES

  • वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

    काठमाडौं । आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ ।

    सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।

    ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।

    सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । ती बस युरो मापदण्डका हुन् । सुन्दर यातायातले चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्नेभएको छ ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    सोमवार, चैत्र २३ २०७७०७:२३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij