Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

  • आइतवार, श्रावण ४ २०७७

  • 723
    SHARES

  • नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

    काठमाडौं । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् ।

    उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उहाँले बताउनुभयो ।

    कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो । देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ । रासस


    आइतवार, श्रावण ४ २०७७०१:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij