Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने

देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने

  • आइतवार, चैत्र २२ २०७७

  • 1.5K
    SHARES

  • देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने

    काठमाडौं । देशभरका शैक्षिक संस्था आइतबार (आज)देखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् ।

    वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताउनुभएको छ ।

    उहाँले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिनुभएको छ ।

    यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए ।

    सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो ।

    मङ्गलबारदेखि प्रदूषण विस्तारै कम हुनुका साथै बुधबार देशभर हल्का पानीसमेत परेको थियो । त्यसपछि मौसममा सुधार आएको जनाइएको छ । यसका साथै डढेलो पनि कम हुँदै आएको जनाइएको छ ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    आइतवार, चैत्र २२ २०७७०७:०२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij