Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै

राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै

  • शुक्रवार, चैत्र २० २०७७

  • 1.3K
    SHARES

  • राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन आज गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लाग्नुभएको छ ।

    भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

    मेलम्चीको पानी वितरण समारोह दिउँसो दुई बजे राखिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने छ ।


    मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो ।

    भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धारोमा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ ।


    शुक्रवार, चैत्र २० २०७७०९:२२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij