Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत सीमा छुट्याउने पिलर आँगनमा

नेपाल–भारत सीमा छुट्याउने पिलर आँगनमा

  • शुक्रवार, चैत्र २० २०७७

  • 838
    SHARES

  • नेपाल–भारत सीमा छुट्याउने पिलर आँगनमा

    सिरहा । सिरहा नगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको घर छ । उनको आँगनमै सीमा स्तम्भ छ । यो नेपाल–भारत सीमा छुट्याउने २८ नम्बरको पिलर हो। मुखिया भारतको लगडी गाउँका हुन्।

    उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन्। दशगजा क्षेत्रमा पुर्खादेखि बस्दै आएकाले यहाँ बस्न नहुनेबारे आफँलाई थाहा नभएको उनले बताए ।

    ‘पहिले दशगजा ऐलानी पर्ती थियो। सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन ।

    दुवैतिरका बासिन्दाले पाएसम्म मिचेका छन्।’ उनका अनुसार दशगजा मिचिएको ठाउँमा केहीले खेती गरका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका छन् । सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन्।

    सो ठाउँमा २ सय ५० भारतीय परिवारको बसोबास छ । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो। भारतीय नागरिक जयनारायण मुखियाले आप्mना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


    शुक्रवार, चैत्र २० २०७७०७:१७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij