Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत

प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत

  • बिहिवार, चैत्र १९ २०७७

  • 847
    SHARES

  • प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत

    काठमाडौं । काठमाडौं उपत्यकासहित अधिकांश भेगमा वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत मिलेको छ ।

    भूमध्य र अरब सागरको पश्चिमी वायु र बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार विभिन्न ठाउँमा वर्षा भई वायु गुणस्तरमा सुधार भएको छ ।

    काठमाडौं उपत्यका र आसपास, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगमा बुधबार साँझ वर्षा भएसँगै वायु गुणस्तर सूचकांक (एक्यूआई) घटेको छ ।

    बाराको सिमरा, ललितपुरको भैँसेपाटी र भक्तपुरको सूचकांक २ सयभन्दा तल झरेको छ । यिनै ठाउँमा सूचकांक शनिबार साढे ३ सयभन्दा माथि पुगेको थियो ।

    जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० देखि १०० सम्मलाई सामान्य मान्ने गरिन्छ । यो ३ सय नाघेपछि घातक मानिन्छ । एक सातायता मुलुकका अधिकांश स्थानमा डढेलो लागेपछि फैलिएको धूवाँले एक्यूआई घातक अवस्थामा पुगेको थियो ।

    आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


    बिहिवार, चैत्र १९ २०७७०७:०७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij