Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

तयारी अवस्थामा रहन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

तयारी अवस्थामा रहन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

  • बुधवार, चैत्र १८ २०७७

  • 839
    SHARES

  • तयारी अवस्थामा रहन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौँ । सरकारले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यसका लागि ती अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

    त्यस्तै कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ ।

    सरकारी अस्पतालमा २००० वटा एचडीयू बेड स्थापना गर्ने निर्णयसमेत गरेको छ । २०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने पनि प्रवक्ता गौतमले बताए ।


    बुधवार, चैत्र १८ २०७७०६:५८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij