Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पत्रकार भण्डारीलाई सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार

पत्रकार भण्डारीलाई सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार

रिपोर्टर्स क्लवको २३औँ बार्षिकोत्सव
  • मंगलवार, चैत्र १७ २०७७

  • 2.1K
    SHARES

  • पत्रकार भण्डारीलाई सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार

    काठमाडौँ । नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक तथा राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक जीवन भण्डारीलाई यस बर्षको सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    रिपोर्टर्स क्लव नेपालको २३औँ बार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र क्लवका अध्यक्ष ऋषि धमलाले उहाँलाई संयुक्त रुपमा पुरस्कृत गर्नुभएको हो ।

    झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील भण्डारी अहिले अनलाइन टिभी पत्रकार संघको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । पत्रकारिता तथा आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएका भण्डारीले कानुन संकायमा स्नातक गर्नुभएको छ ।
    उहाँ पत्रकारिता अध्यापन कार्यमा समेत संलग्न हुनुहुन्छ भने सञ्चारकर्मीहरुको अन्तर्राट्रिय संस्था युनिमीको नेपाल च्याप्टरको महासचिव, पाल्पाली संगमको सचिव, विनय कसजु स्मृति प्रतिष्ठानको संस्थापक सचिव र विभिन्न संघ सस्थाको प्रेस सल्लाहकारको रुपमा सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ ।

    पाल्पाको रामपुर नगरपालिका वडा नं. १० मा पिता तुल्सीप्रसाद भण्डारी र माता दुर्गा भण्डारीको जेष्ठ सुपुत्रका रुपमा जन्मिनु भएका भण्डारीको पत्रकारिता पाल्पाको गाउँले देउराली साप्ताहिकबाट सुरु भएको हो ।

    पाल्पाकै नवजनचेतना दैनिकका लागि अञ्चल कार्यालय प्रमुखको जिम्मेबारीसहित बुटवललाई कार्यक्षेत्र बनाएपछि उहाँले बुटवलमा अध्ययनसँगै देउराली दैनिक र बुटवल एफएमका काम गर्नुभयो ।

    स्नातक तहको अध्ययन बुटवलमा सकेपछि थप अध्ययन र पत्रकारितालाई निरन्तरता दिने उद्धेश्यले २०६५ सालमा उहाँ काठमाडौँ छिर्नुभयो ।

    काठमाडौमा नेपाल एफएम नेटवर्कमा सिफ्ट इन्चार्जको जिम्मेवारीसहित समाचार शाखामा नेतृत्वदायी भूमिका खेल्नु भएका भण्डारीले रेडियो आँधिखोलाको स्टेशन म्यानेजर हुदै नेपालवाणी नेटवर्क र नेपाली रेडियो नेटवर्क स्थापना गर्नुभयो । उहाँ नेपालवाणीको संस्थापक समाचार प्रमुख र नेपाली रेडियो नेटवर्कको संस्थापक समाचार निर्देशक हुनुहुन्छ ।

    उहाँले यसअघि पनि दर्जनौ पुरस्कार तथा सम्मानपत्रहरु प्राप्त गर्नुभएको छ । विद्यालय जीवनमै साहित्यबाट पत्रकारितामा प्रवेश गर्नु भएका भण्डारीको अजीवि नामक साहित्यिक कृति पनि प्रकाशित छ ।

    क्लवले उहाँसँगै अन्य नौ पुरस्कार पनि आजै प्रदान गरेको छ । क्लवको यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालीका कार्यकारी अध्यक्ष गोपाल गुरागाईँलाई प्रदान गरेको छ ।

    त्यस्तै, तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई, सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक विनु सुवेदीलाई, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिएको छ ।

    त्यसैगरी, वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुराग, उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला र प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याल पुरस्कृत हुनुभएको छ ।


    मंगलवार, चैत्र १७ २०७७०३:४८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij