Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

ललितपुरमा बर्ड फ्लु देखियो, १५ सय पन्छी नष्ट

ललितपुरमा बर्ड फ्लु देखियो, १५ सय पन्छी नष्ट

  • मंगलवार, चैत्र १७ २०७७

  • 1.0K
    SHARES

  • ललितपुरमा बर्ड फ्लु देखियो, १५ सय पन्छी नष्ट

    काठमाडौं । ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ ।

    स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पिसिआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ गोटा हाँस, ८५४ गोटा लोकल कुखुरा र १५४ गोटा बट्टाई नष्ट गरिएको छ ।
    यस्तै, ९४४ वटा कुखुराको अण्डा र ३३५ किलो ग्राम दाना पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

    संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको मन्त्रालयले दावी गरेको छ ।

     


    मंगलवार, चैत्र १७ २०७७०२:१४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij