काठमाडौं । नेपालमा आज (सोमबार) थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट ३ हजार २७ जनाको मृत्यु भएको छ ।