Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकका बाढीपिडितलाई प्रदेश सरकारले घर बनाइदिने

सिन्धुपाल्चोकका बाढीपिडितलाई प्रदेश सरकारले घर बनाइदिने

  • शनिवार, श्रावण ३ २०७७

  • 815
    SHARES

  • सिन्धुपाल्चोकका बाढीपिडितलाई प्रदेश सरकारले घर बनाइदिने

    काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो ।

    बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खण्डमा उक्त जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको हो ।

    बैठकले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा रहेको समितिले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो ।

    समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सो रकमबाट स्थानीय तहले प्रदेश सरकारले उपलब्ध गराएको कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुर्नस्थापना लगायतका काम गर्न सक्नेछ ।


    शनिवार, श्रावण ३ २०७७०६:०७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij