काठमाडौं । रंगहरूको पर्व होली सोमबार (आज) तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासका साथ मनाइँदै छ ।
पहाडी जिल्लामा आइतबार (हिजो) नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाउन लागिएको हो ।
होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ ।
हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।