काठमाडौं । चीनले नेपाललाई दिन लागेको ८ लाख डोज कोरोना विरुद्धको खोप बेइजिङ एयरपोर्टमा आइपुगेको छ ।
आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले सहयोगस्वरुप नेपाललाई दिन लागेको ८ लाख डोज खोप बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जानकारी दिनुभएको हो । उहाँले उक्त खोप छिट्टै नेपाल पुग्ने बताउनुभयो ।
‘चीनले नेपालका लागि सहयोगार्थ प्रदान गर्न लागेको ८ लाख डोज कोभिड खोप बेइजिङ अन्तर्राष्टिङय विमानस्थलमा आइपुगेको छ । ती खोप छिट्टै नेपाल आउँदैछन्’, शनिबार सामाजिक सञ्जाल ट्विटरमा राजदूत यन्छीले लेख्नुभएको छ ।
चीन सरकारले नेपाललाई ८ लाख डोज सिनोफार्मले उत्पादन गरेको खोप दिएको हो । चीन सरकारले खोप अनुदानमा दिने र नेपाल सरकारले आफैं ल्याउनुपर्ने ब्यवस्था छ ।