Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीतिले मुख्य माग सम्बोधन गरेको यातायात व्यवसायीको प्रतिक्रिया, ७ गतेपछि सवारी चलाउने

मौद्रिक नीतिले मुख्य माग सम्बोधन गरेको यातायात व्यवसायीको प्रतिक्रिया, ७ गतेपछि सवारी चलाउने

  • शनिवार, श्रावण ३ २०७७

  • 764
    SHARES

  • मौद्रिक नीतिले मुख्य माग सम्बोधन गरेको यातायात व्यवसायीको प्रतिक्रिया, ७ गतेपछि सवारी चलाउने

    काठमाडौं । यातायात व्यवसायीले मौद्रिक नीतिको स्वागत गर्दै साउन ७ गतेपछि यातायात चलाउने बताएका छन् । मौद्रिक नीतिमा कर्जा तिर्ने समय थप भएसँगै यातायात व्यवसायीले आफ्ना मुख्य माग सम्बोधन भएको प्रतिक्रिया दिएका हुन् ।

    सरकारले छोटो दूरीमा यातायात सञ्चालन गर्न दिने निणर्य गरे पनि कर्जा तिर्ने समय नसारेका कारण व्यवसायीले गाडी नचलाउने बताउँदै आएका थिए । यातायात व्यवसायी राष्ट्रिय महासंघले मौद्रिक नीति आफूहरुको माग अनुसार आएको जनाएको छ ।

    महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले ७ गतेपछि सार्वजनिक यातायात चलाउने तयारीमा रहेको बताउनुभयो । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने अव्यवहारिक निणर्य गर्दा आफूहरुले गाडी थन्काउनु परेको उहाँको भनाइ छ ।

    यातायात व्यवस्था ऐनमा प्रष्ट रुपमा छोटो दूरी, मध्यम दूरी र लामो दूरी भनी सार्वजनिक यातायातका लागि रुट निर्धारण गरेको बताउँदै एउटा जिल्लाबाट अर्को जिल्लामा जान नपाउने भन्ने अव्यवहारिक रहेको उहाँले दाबी गर्नुभयो ।

    अध्यक्ष कर्मचार्यल साउन ७ गतेसम्म लकडाउन भएकाले अब सरकारले निर्णय गर्दा गाडीलाई उपलब्ध गराएको रुट अनुसार छोटो मध्यम र लामो दूरी गरी ३ वर्गमा विभाजन गर्नुपर्ने बताउनुभयो ।


    शनिवार, श्रावण ३ २०७७०३:५३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij