Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

  • बिहिवार, चैत्र १२ २०७७

  • 1.6K
    SHARES

  • छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

    काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

    मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

    तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

    पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ । रासस


    बिहिवार, चैत्र १२ २०७७०९:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij