Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, अर्धनग्न बनाई गाउँ घुमाइयो

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, अर्धनग्न बनाई गाउँ घुमाइयो

  • शनिवार, श्रावण ३ २०७७

  • 1.2K
    SHARES

  • बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, अर्धनग्न बनाई गाउँ घुमाइयो

    वीरगञ्ज । पर्सामा एक महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ । छिपहरमाई गाउँपालिका ३ की ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराएका हुन् ।

    उनीमाथि गत असार ३१ गते दुर्व्यवहार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले बताउनुभयो । गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय पर्सामा अमानवीय व्यवहार कसुरमा उजुरी दिएकी छन् ।

    बुधबार आरोपीहरुले पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए । बुडगाइँ प्रहरी चौकीबाट प्रहरी टोली गएर महिलाको उद्धार गरेको थियो । सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो ।

    प्रहरीका अनुसार आरोपित मध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानु, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई बुधबार नै नियन्त्रणमा लिइएको छ ।

    पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका सदस्य सुवास साह कानुलगायत केही अभियुक्तहरु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, श्रावण ३ २०७७११:५९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij