Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

लोक सेवा आयोग आजदेखि पदाधिकारीविहीन

लोक सेवा आयोग आजदेखि पदाधिकारीविहीन

  • बुधवार, चैत्र ११ २०७७

  • 759
    SHARES

  • लोक सेवा आयोग आजदेखि पदाधिकारीविहीन

    काठमाडौं । लोक सेवा आयोग आजबाट पदाधिकारीविहीन भएको छ । अध्यक्षसहित पाँच जना पदाधिकारीेको कार्यकाल हिजोदेखि सकिएपछि आयोगले गर्दै आएका नियमित काम प्रभावित हुने भएका छन् ।

    आयोगको संलग्नतामा गरिने कर्मचारी भर्ना, बढुवा लगायतका काम ठप्प हुने भएको छ । आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको पदावधि सकिएको हो ।

    सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो । यसअघि सात जनाको आयोग थियो । नयाँ संविधानअनुसार अब पाँच जना मात्रे पदाधिकारी हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को सिफारिसमा सरकारले आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको भावनाविपरीत भएको भन्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले विरोध जनाइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका विभिन्न संवैधानिक आयोगमा सोही परिषद्को सिफारिसमा सरकारले ३३ जना पदाधिकारी तथा सदस्यको नियुक्ति गरिसकेको छ ।

    आयोगका अध्यक्ष मैनालीका अनुसार अहिले आयोगको संलग्नतामा निजामती कर्मचारी, सेना, प्रहरी, संस्थानलगायत १ सय १९ संगठित संघसंस्थामा कानुनी परामर्श उपलब्ध गराई पदपूर्ति प्रक्रिया व्यवस्थित गरिँदै आएको छ ।

    आयोगका पदाधिकारी तत्काल नियुक्त नभएमा बढुवाको मुखमा पुगेका कतिपय कर्मचारी घर फर्कनुपर्ने अवस्था आउनेछ ।


    बुधवार, चैत्र ११ २०७७०८:२८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij