Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली नेटवर्कका प्रस्तोता भुसाल पर्यटन बोर्डको परामर्शदातामा नियुक्त

नेपाली नेटवर्कका प्रस्तोता भुसाल पर्यटन बोर्डको परामर्शदातामा नियुक्त

  • मंगलवार, चैत्र १० २०७७

  • 1.4K
    SHARES

  • नेपाली नेटवर्कका प्रस्तोता भुसाल पर्यटन बोर्डको परामर्शदातामा नियुक्त

    काठमाडौं । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थसम्वादका उत्पादक तथा प्रस्तोता टी.पी. भुसाल नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदातामा नियुक्त हुनुभएको छ ।

    भुसालले बोर्डमा सञ्चार पराशर्मदाताको रुपमा रहेर नेपालको पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यम, कुटनितिक नियोगहरुसँग समन्वय तथा प्रचारप्रसारको काम गर्नुहुने छ ।

    शुरुमा रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गरेका भुसाल पछिल्लो समय काठमाडौंमा रहेर पत्रकारिता, प्राध्यापन तथा प्रशिक्षणमा संलग्न रहदै आउनु भएको छ ।

    विभिन्न रेडियो, टेलिभिजन पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मावनशास्त्रमामा स्नाकोतकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गर्नु भएको छ भने पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नु भएको छ ।

    उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका पोलिगन कलेज र सेफर्ड कलेजमा आमसञ्चार तथगा पत्रकारिता, आमसञ्चार तथा पर्यटन, सञ्चार कानून लगायतका विषयहरु अध्यापन गर्दै आउनु भएको छ ।

    भुसालसँग नेपाली रेडियो नेटवर्कसँगै रेडियो मदनपोखरा, बुटबल एफएम, तिनाउ एफएम, रुपन्दही एफएम, सिद्धार्थ एफएम, एभिन्युज टेलिभिजन, नेशनल टेलिभिजन, नयाँ दिशा दैनिक, बुटबल एक्स्प्रेस, गोरखापत्र दैनिक आर्थिक अभियान दैनिक लगायतका सञ्चारमाध्यमा विभिन्न पदमा रहि काम गरेको अनुभव छ ।

    पत्रकार महासंघ रुपन्देहीको पूर्व सहसचिव समेत रहेका पत्रकार भुसाल पत्रकारिताको क्षेत्रमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पहिलो गणतन्त्र दिवसमा प्रवल जनसेवा श्री चतुर्थ विभुषित रुपन्ेदीका पत्रकार समेत हुनुहुन्छ ।


    मंगलवार, चैत्र १० २०७७०९:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij