Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : देशभरको मौसम परिवर्तन हुन सक्ने

मौसम पूर्वानुमान : देशभरको मौसम परिवर्तन हुन सक्ने

  • मंगलवार, चैत्र १० २०७७

  • 2.7K
    SHARES

  • मौसम पूर्वानुमान : देशभरको मौसम परिवर्तन हुन  सक्ने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसम पूर्वानुमान जारी गरेको छ ।

    आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने महाशाखाले जनाएको छ ।

    बिहानको मौसमको अवस्था भने सामान्य नै रहेको पूर्वानुमानमा उल्लेख छ । देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ ।

    यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ । भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

    स्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज रातिको मौसमको अवस्था पनि थोरै स्थानबाहेक देशका धेरै भूभागमा सामान्य नै रहने पूर्वानुमानमा उल्लेख छ ।

    देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा पनि आंशिक बदली हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूस्रपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    मंगलवार, चैत्र १० २०७७०७:४१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij