Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

मर्स्याङ्दीमा ट्रक खस्दा ६ जनाको मृत्यु, दुई गम्भीर घाइते

मर्स्याङ्दीमा ट्रक खस्दा ६ जनाको मृत्यु, दुई गम्भीर घाइते

  • आइतवार, चैत्र ८ २०७७

  • 578
    SHARES

  • मर्स्याङ्दीमा ट्रक खस्दा ६ जनाको मृत्यु, दुई गम्भीर घाइते

    लमजुङ । बेँसीसहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३, खोत्रोमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको छ ।

    लमजुङको बेँसीसहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभएको छ । उहाँका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको थियो ।

    मनाङको नासो गाउँपालिका–४ का ३५ वर्षीया मनीषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, मनाङको चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

    त्यस्तै, उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

    गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३, धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताउनुभएको छ ।

    पाँचजनालाई उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी निरीक्षक पुनले बताउनुभयो । उपचारका क्रममा दुईजनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको र तीनजनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

    जिल्ला अस्पताल लमजुङमा मृत्यु भएका दुईजनाको शव अस्पतालमा राखिएको छ । घाइते चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठजना सवार थिए । रासस


    आइतवार, चैत्र ८ २०७७१०:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij