Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

विश्व शान्ति तथा मैत्री पूजा आजदेखि शुरु हुने

विश्व शान्ति तथा मैत्री पूजा आजदेखि शुरु हुने

  • आइतवार, चैत्र ८ २०७७

  • 668
    SHARES

  • विश्व शान्ति तथा मैत्री पूजा आजदेखि शुरु हुने

    काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्मले आजदेखि देशका विभिन्न भागमा विश्व शान्ति महा मैत्री पूजा तथा प्रार्थना शुरु गर्ने भएको छ ।

    अस्तित्वको समुचित नियमन तथा शान्ति, सह–जीवन, सह–अस्तित्व, सह–वास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका लागि यही चैत्र ८, ९, १०, ११ र १२ गते १६औं महा मैत्री दिवशको अबसरमा विशेष पूजाको आयोजना गर्न लागेको संघले विज्ञप्ती जारी गरी जानकारी दिएको हो ।

    महा सम्बोधि धर्म संघ गुरुको जन्मस्थल लगायत नेपालका बिभिन्न स्थानहरूमा यो विशेष पूजा हुने बोधि श्रवण धर्म संघले जनाएको छ ।

    चितवनबाट आज प्रारम्भ गरी ९ गते ललितपुर, १० गते सिन्धुपाल्चोक, ११ गते झापा र १२ गते सर्लाही जिल्लाको पत्थरकोटमा अनुष्ठान सम्पन्न गरिने विज्ञप्तीमा उल्लेख छ ।

    सत्यलाई कसैले कतैबाट कुनैपनि तरिकाबाट कुल्चन नसक्ने अमर तथ्य बुझेर समय रहँदै सत्य मार्ग अवलम्वन गर्न संघले आव्हान पनि गरेको छ ।


    आइतवार, चैत्र ८ २०७७०९:४५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij