Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

  • आइतवार, चैत्र ८ २०७७

  • 765
    SHARES

  • म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शनिबार राति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान र केभिन डी ब्रुएनले एक एक गोल गरे ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम पाँच मिनेट भित्र सिटीले दुई गोल गरेको थियो ।

    खेलको ८४ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ब्रुएनले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

    सिटी लगातार तेस्रो सिजन एफए कपको सेमिफाइनलमा पुगेको हो । साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बर्नेमाउथलाई ३–० ले हराएर साउथह्याम्पटनले अन्तिम चारको यात्रा तय गरेको हो ।


    आइतवार, चैत्र ८ २०७७०७:२७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij