Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साउन ५ देखि साउदीको दमामबाट उद्धार उडान हुने

साउन ५ देखि साउदीको दमामबाट उद्धार उडान हुने

  • शुक्रवार, श्रावण २ २०७७

  • 480
    SHARES

  • साउन ५ देखि साउदीको दमामबाट उद्धार उडान हुने

    काठमाडौं । रोजगारीका लागि साउदी पुगेर अलपत्र परेका नेपालीहरूको उद्धार कार्य जारी छ । हालसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलले समस्यामा परेका नेपालीहरूको उद्धार उडान गर्दै आएका छन् ।

    साउन ५ गतेदेखि उक्त दुई एयरलाइन्सले साउदीको दमामबाट उडान गर्ने साउदीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । स्वदेश फर्कने नेपालीहरूको सूची नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको आधिकारिक सम्पर्क व्यक्तिसमक्ष पठाइएको छ ।

    यसअघि विभिन्न मितिमा प्रकाशित सूचीमा नाम परेका तर हालसम्म स्वदेश फर्किन नसकेकाहरू भने प्राथमिकता सूचीमै रहने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


    शुक्रवार, श्रावण २ २०७७०३:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij