Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लमजुङ क्वारेन्टिनमा बसेका एक युवकले गरे आत्महत्या

लमजुङ क्वारेन्टिनमा बसेका एक युवकले गरे आत्महत्या

  • शुक्रवार, श्रावण २ २०७७

  • 1.3K
    SHARES

  • लमजुङ क्वारेन्टिनमा बसेका एक युवकले गरे आत्महत्या

    लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको कोलासोथर गाउँपालिका ९ गिलुङ रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका हुन् ।

    लकडाउनअघि बुटवल दिदीको घर गएका युवराज घर्ती असार ३१ गते गाउँ फर्किएका थिए उनले गिलुङमा रहेको वुद्धोदय माविको क्वारेन्टाइनमा आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।

    शर्माका अनुसार उक्त क्वारेन्टिनमा उनी एक्लै भएका कारण आत्महत्याको कारण पत्ता लाग्न सकेको छैन् । आज (शुक्रबार) बिहान प्रहरीहरु उनको अवस्था बुझ्न जाँदा घर्ती मृत अवस्थामा भेटिएका थिए ।

    मृतकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले लमजुङ सदरमुकाम ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । घर्तीको यसअघि स्वाब परीक्षण नगरिएका कारण (शुक्रबार) नै स्वाब निकालेर परिक्षणका लागि पोखरा पठाउने तयारी गरिएको शर्माले बताए ।


    शुक्रवार, श्रावण २ २०७७०३:३८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij