Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मेलम्ची आयोजना : ’हेडबक्स’ निर्माण अन्तिम चरणमा

मेलम्ची आयोजना : ’हेडबक्स’ निर्माण अन्तिम चरणमा

  • शुक्रवार, चैत्र ६ २०७७

  • 447
    SHARES

  • मेलम्ची आयोजना : ’हेडबक्स’ निर्माण अन्तिम चरणमा

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ’हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि ’हेडबक्स’को निर्माण गरिँदै छ ।

    अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार हुने छ । ’हेडबक्स’ तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ ।

    आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै ’हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे पनि कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले छ महिना थप गरिएको जानकारी दिनुभएको छ ।

    उहाँले भन्नुभयो, “अहिले ’हेडबक्स’ को भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण, स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै ’हेडबक्स’ को सम्पूर्ण काम सम्पन्न हुनेछ ।” ’हेडबक्समा’ सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडानको कामसमेत भइरहेको छ ।

    सुरुङको परीक्षण सम्पन्न भएसँगै ’हेडबक्स’ को समेत काम सम्पन्न हुने र स्थायी रूपमा मेलम्चीको पानी ’हेडबक्स’ भएर सुरुङमा पथान्तरण गरिने प्रवक्ता पन्तले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    शुक्रवार, चैत्र ६ २०७७०७:१५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij