काठमाडौं । नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्यसमेत रहेका पौडेल निर्विरोध निर्वाचित हुनुभएको हो ।
आमामि १३ चैतमा आयोजना हुन लागेको टेलिकमको तेह्रौं वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट एक सञ्चालक सदस्यको निर्वाचन हुँदैछ । उक्त पदका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुनुपर्ने थियो । जसमा पौडेलको मात्र मनोनयन परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्षसमेत रहनुभएका पौडेल आइएमई ग्रुपको लगानी रहेको चन्द्रागिरी हिल्सलगायत कम्पनीका समेत निर्देशक तथा लगानीकर्ता हुनुहुन्छ ।
उम्मेदवारी दर्ताका वेला पोडेलले सामाजिक सञ्जालमार्फत टेलिकमको व्यवस्थापन र सरकारबीच समन्वय कायम राख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।