Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एथ्लेटिकोलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एथ्लेटिकोलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

साविक विजेता म्युनिख पनि क्वार्टरफाइनल प्रवेश
  • बिहिवार, चैत्र ५ २०७७

  • 1.1K
    SHARES

  • एथ्लेटिकोलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    एजेन्सी । इंग्लिस क्लब चेल्सी स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    घरेलु मैदान स्टामफर्ड ब्रिजमा गएराति भएको खेलमा स्पेनी टोलीलाई २–० ले पराजित गर्दै चेल्सीले समग्रमा ३–० को जित दर्ता फरेको हो ।

    चेल्सीले पहिलो लेगमा १–० को जित हात पारेपछि दोस्रो लेगमा जित हासिल गर्दा हाकिम जिएच र एमर्सन पाल्मेरीले १–१ गोल गरे ।

    खेलको ३४ औं मिनेटमा टिमो वेर्नरको पासमा जिएचले गोल गरेका थिए । चेल्सीमा प्रशिक्षक थोमस टुचेलको आगमनसँगै टोली लयमा फर्किएको छ । टुचेलले खेलाएको १३ खेलमध्य अपराजित रहेको टोलीले ११ खेलमा कुनै गोल खाएको छैन ।

    यता ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै लिग उपाधि जित्ने ध्यानमा रहनेछ । पछिल्लो दशक दुई पटक फाइनल पुगेको टोली यसपटक क्वाटरफाइनलमा पनि पुग्न सकेन ।

    यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ ।
    पहिलो लेग ४–१ ले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनलमा पुगिसकेको छन् ।


    बिहिवार, चैत्र ५ २०७७०७:३३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij