Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोनाल्डोले तोडे आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान

रोनाल्डोले तोडे आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान

  • सोमवार, चैत्र २ २०७७

  • 985
    SHARES

  • रोनाल्डोले तोडे आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान

    एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

    हिजो राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । काग्लियारीको मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए ।

    खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

    खेलको ३२ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पहिलो हाफमा युभेन्ट्स ३–० ले अघि रह्यो । यस्तै खेलको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काएपनि युभेन्ट्स ३–१ ले विजयी भयो ।

    काग्लियारीविरुद्धको यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

    ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

    जितसँगै युभेन्ट्सले २६ खेलमा ५५ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ । काग्लियारी २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।


    सोमवार, चैत्र २ २०७७०८:१४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij