Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

अकोराबका नवनिर्वाचित पदाधीकारीलाई नेपाली रेडियो नेटवर्क र रिपोर्टस क्लबको सम्मान

अकोराबका नवनिर्वाचित पदाधीकारीलाई नेपाली रेडियो नेटवर्क र रिपोर्टस क्लबको सम्मान

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 723
    SHARES

  • अकोराबका नवनिर्वाचित पदाधीकारीलाई नेपाली रेडियो नेटवर्क र रिपोर्टस क्लबको सम्मान

    काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका नवनिर्वाचित पदाधीकारीहरूलाई रिपोर्टस क्लब नेपाल र नेपाली रेडियो नेटवर्कले बधाई तथा शुभकामना दिएका छन् ।

    आज रिपोर्टर्स क्लब नेपाल तथा नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले नवनिर्वाचित पदाधीकारीहरूलाई शुभकामना तथा बधाई दिनुभएको हो ।

    कार्यक्रममा अध्यक्ष धमलाले आफ्नो र क्लबको तर्फबाट सामुदायिक रेडियो प्रसारक संघ, नेपालका नवनिर्वाचित पदाधीकारीहरूलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले आगामी दिनमा सामुदायीक रेडियो प्रसारक संघसँग सहकार्य गरेर काम गर्ने र साझा समस्यासँग मिलेर अगाडी बढ्ने बताउनुभयो ।

    त्यसैगरी, कार्यक्रममा बोल्दै संघका महासचिव किशोरजंग थापाले क्लबले गरेको सम्मानले प्रेरणा र उत्साहले हामी अगाडि बढ्ने बताउनुभयो ।

    सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को बुधबार भएको सातौं अधिवेशनबाट १६३ मत ल्याएर अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । अर्का अध्यक्षका उम्मेद्वार कपिलदेव खनालले १३ मत ल्याउनुभएको थियो । गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    अधिवेशनबाट महासचिवमा किशोरजंग थापा र वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, उपाध्याक्षमा निमेश कर्ण, भुवन सिंंह, मिलन गाहा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्ष सरोज पौडेल चयन भएका हुन् ।

    निर्वाचित केन्द्रीय सदस्यहरु टेक बहादुर खड्का, वाल कुमार शर्मा, गीता न्यौपाने, पु्ष्पा चौधरी, नविन पौडेल, केशव भट्ट, अजय यादव, कृष्ण कुमार चस्माली, ध्रवराज ढकाल, दिपु पोख्रेल, हेमन्त बिक, शुक्रराज भण्डारी, रोशनमान श्रेष्ठ, नवीन नरसिंह नेपाली, राम सुवेदी, संगीत बस्याल, वालकुमार शर्मा र लेखा समिति सदस्य प्रल्लाद पोख्रेल लगायत कार्यक्रममा सम्मानित भएका हुन् ।

    अध्यक्ष गिरीले रेडियो र क्लबलाई धन्यवाद दिदै सम्पूर्ण विषयमा एक अर्कासंग सहकार्य गर्दै अगाडि बताउनुभयो ।


    शुक्रवार, फाल्गुण २८ २०७७०७:४५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij