Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

२ किलो युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

२ किलो युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 785
    SHARES

  • २ किलो  युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

    काठमाडौं । काठमाडौंबाट ३६ अर्ब रुपैयाँ बराबरको युरेनियमसहित ४ जना पक्राउ परेका छन् ।
    हिजो प्रहरीले २ किलो युरेनियम सहित ४ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

    युरेनियमको गैरकानुनी कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालयको विशेष टोलीले टुसाल–२ बौद्धबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी ५ का ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।

    अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ ।


    शुक्रवार, फाल्गुण २८ २०७७०६:४६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij