Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

पत्रकार सुशील शर्माको निधन

पत्रकार सुशील शर्माको निधन

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 923
    SHARES

  • पत्रकार सुशील शर्माको  निधन

    काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ। ६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो।

    उहाँले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गर्नुभएको थियो । अस्पतालमै रहेका पत्रकार सरोज दाहालका अनुसार हिजो बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो।

    दाहालका अनुसार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।


    शुक्रवार, फाल्गुण २८ २०७७०३:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij