Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साउन ४ देखि नदीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह

साउन ४ देखि नदीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह

  • बिहिवार, श्रावण १ २०७७

  • 606
    SHARES

  • साउन ४ देखि नदीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह

    काठमाडौं । सरकारले साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई बहने नदीमा पानीको वहाव बढ्नेछ ।

    कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ । साउन ४ गतेपछिका ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणले भनेको छ ।

    बिहीबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य वहाव बढ्ने तर खतरामूलक नहुने प्राधिकरणको भनाइ छ । त्यस्तै कोशी र यसका सहायक नदीहरु भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतका नदीमा पनि पानीको वहाब बढ्ने तर खतराको तहसम्म नपुग्ने जनाइएको छ ।


    बिहिवार, श्रावण १ २०७७०४:०६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij