Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री भन्छन्, ‘संकटका बीच पनि समग्र आर्थिक परिसूचक सन्तोषजनक’

अर्थमन्त्री भन्छन्, ‘संकटका बीच पनि समग्र आर्थिक परिसूचक सन्तोषजनक’

  • बिहिवार, श्रावण १ २०७७

  • 731
    SHARES

  • अर्थमन्त्री भन्छन्, ‘संकटका बीच पनि समग्र आर्थिक परिसूचक सन्तोषजनक’

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको संकटका बीच पनि बजेट कार्यान्वयन सन्तोषजनक रहेको बताउनुभएको छ ।
    बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उहाँले आर्थिक वर्ष २०७६ ७७ को समग्र आर्थिक परिसूचक सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।

    अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षमा आफूले संशोधन गरेको बजेटका लक्ष्य भने पूरा गर्न सफल भएको दावी गर्नुभयो । यद्यपि यो वर्ष पुँजीगत खर्चको लक्ष्य भने सरकारले पूरा गर्न सकेन । अर्थमन्त्री डा. खतिवडाका अनुसार अघिल्लो आर्थिक वर्षमा कुल ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो कुल विनियोजनको ७५ प्रतिशत मात्र हो । यस अवधिमा सरकारले १० खर्ब ९४ अर्ब रुपैयाँ बजेट खर्च भएको छ ।

    १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले गत आवमा मात्र ७१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । गत आर्थिक वर्षमा चालू खर्चमा बढी रकम खर्च भएको भन्दै अर्थमन्त्री खतिवडाले यसबाट आर्थिक वृद्धिमा असर गरेको भने स्वीकार गर्नुभयो । केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २.३ प्रतिशत हाराहारी नै आर्थिक वृद्धिदर कायम हुने उहाँको अनुमान रहेको छ ।


    बिहिवार, श्रावण १ २०७७०३:३८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij