Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

आज सेना दिवस मनाईँदै, टुँडिखेलमा विशेष कार्यक्रम

आज सेना दिवस मनाईँदै, टुँडिखेलमा विशेष कार्यक्रम

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 1.0K
    SHARES

  • आज सेना दिवस मनाईँदै, टुँडिखेलमा विशेष कार्यक्रम

    काठमाडौं । नेपाली सेनाले बिहीबार (आज) सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

    समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुने छ ।

    सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभएको छ ।

    नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेडतथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने छन् ।

    समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिने छ ।


    बिहिवार, फाल्गुण २७ २०७७०७:४७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij