शिवरात्रि पर्व : यी स्थानमा सवारी निषेध (सूचिसहित)
शिवरात्रि पर्व : यी स्थानमा सवारी निषेध (सूचिसहित)
मास्क, सेनिटाइजर अनिवार्य लगाउनुपर्ने
बुधवार, फाल्गुण २६ २०७७
1.5K
SHARES
काठमाडौं । महाशिवरात्रि पर्वका दिन भोलि (बिहीबार) काठमाडौंका विभिन्न स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाले अग्रिम सूचना जारी गरी पशुपतिनाथ मन्दिर आसपासका रुटमा यातायात बन्द गर्ने जानकारी गराएको हो । सट्टामा वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।
साथै शिवरात्रीमा स्वाथ्य सुरक्षा मापदण्ड पुरा गरेरमात्रै पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ । लाखौको संख्यामा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेको सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकाश कोषका सदस्यसचिव प्रदिप ढकालले बताउनुभयो ।
भक्तजनले मास्क अनिवार्य लाउनुपर्ने, स्यानिटाइजर लगाउने र भौतिक दुरी राख्नुपर्ने गरी लाइनको व्यस्था गर्ने बताउदै उहाँले शिवरात्रीको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो ।
यी स्थानमा सवारी निषेध ! शिवरात्रि पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ ।
महाशाखाले आज सूचना निकालेर भोलि पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको जनाएको हो । मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ ।
यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन् । ‘शिवरात्रिको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ