धनुषा । प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद्जन्य घटना न्यूनीकरण र उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयलाई सामग्री प्रदान गरेको छ ।
मन्त्रालयले चार वटा डुङ्गा, हेलमेट ३२, लाइफ ज्याकेट ३२, क्यारी ब्याग चार थान, ह्याण्ड पम्प, डुङ्गा खियाउने बहना ३६ तथा डोरी आठवटा लगायतका सामग्री उपलब्ध गराएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई उक्त सामग्री आज हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा मन्त्री यादवले विपद्का घटनाबाट मानवीय र जनधनको क्षति न्यूनीकरण गर्न यी सामग्री सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।