Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कर्णाली नदीमा बेपत्ता भएका थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्ता भएका थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 1.1K
    SHARES

  • कर्णाली नदीमा बेपत्ता भएका थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

    काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकजनाको शव अझै भेटिएको छैन ।

    तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    आमाछोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा आज मध्यान्ह १२ बजेतिर फेला परेको हो ।

    १६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिताको शव सोमबार नै फेला परेको थियो ।

    ५ वर्षीया छोरी रजनी अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ ।

    स्थानीयका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा सुकी छोराछोरीसहित निस्किएकी थिइन् । तर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दा सोमबार नै दुई छोरीको कर्णालीमा शव फेला परेको थियो ।

    मृतक सुकीका श्रीमान् मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको आरोप अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताइएको छ ।


    मंगलवार, फाल्गुण २५ २०७७०३:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij