Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

एसइई परीक्षा जेठ १३ गतेदेखि

एसइई परीक्षा जेठ १३ गतेदेखि

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 1.3K
    SHARES

  • एसइई परीक्षा जेठ १३ गतेदेखि

    काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा संचालन हुनेछ ।

    आगामी एसइई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले नै लिएको थियो । आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो ।

    गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । एसइई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाए पनि कानुन अभावमा अझैसम्म कक्षा १० को एसइई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ ।

     


    मंगलवार, फाल्गुण २५ २०७७०१:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij