Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनआरएनएले बाढी पहिरो पीडितका लागि राहत कोष स्थापना गर्ने

एनआरएनएले बाढी पहिरो पीडितका लागि राहत कोष स्थापना गर्ने

  • बिहिवार, श्रावण १ २०७७

  • 870
    SHARES

  • एनआरएनएले बाढी पहिरो पीडितका लागि राहत कोष स्थापना गर्ने

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    विश्वभर रहेका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्दै उहाँले यही साउन महिनासम्म राहत सङ्कलन गरिसकेर वितरण गरिने बताउनुभयो । कोषमा सहयोग रकम जम्मा गराउनका लागि बिभिन्न देशमा रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसिसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने सङ्घले जनाएको छ । नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन् । सयौँ परिवार विस्थापित भएका छन् । रासस


    बिहिवार, श्रावण १ २०७७०२:१३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij