दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको रा.१च ९६२ नम्बरको जिप घोराही उपमहानगरपालिका ३, मसोट खोलामा आज (बिहीबार) बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि जिपमा सवार तुलसीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं (प्रहरी नायब उपरीक्षक) सुमित खड्काका अनुसार घाइते हुनेमा सोही वडाका जिप चालक ३८ वर्षीय भीमबहादुर वली, २६ वर्षीय देवराज वली, १७ वर्षीय विशाल वली र २४ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।
घाइते चारैजनाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।