Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
स्पेनिस लालिगा

म्याड्रिड डर्बी बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

म्याड्रिड डर्बी बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

  • सोमवार, फाल्गुण २४ २०७७

  • 886
    SHARES

  • म्याड्रिड डर्बी बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष क्लबहरु रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडबीचको खेल बराबरी टुंगिएको छ ।

    अंक तालिकाको शीर्ष स्थानमा रहेको एथ्लेटिको र तेस्रो स्थानमा रहेको रियलबीच गएराति भएको म्याड्रिड डर्बी १–१ गोलको बराबरीमा सकिएको हो ।

    एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीका लुइस सुवारेजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    तर, खेल सकिन दुई मिनेट बाँकी छँदा रियालका करिम बेन्जेमाले एक गोल फर्काएपछि खेल बराबरीमा पुगेको हो ।

    म्याड्रिड डर्बी बराबरीमा टुंगिएपछि त्यसको प्रत्यक्ष फाइदा दोस्रो स्थानको बार्सिलोनालाई परेको छ । बार्सिलोनाले शीर्ष स्थानको एथ्लिेटिकोसँगको दूरी घटाएको छ । उ अब एथ्लेटिकोभन्दा ३ अंकले मात्र पछि छ । यद्यपि, उसले एक खेल बढी खेलेको छ ।

    बराबरीपछि शीर्ष स्थानको एथ्लेटिकोकोे २५ खेलबाट ५९ अंक भएको छ । बार्सिलोना ५६ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियलको ५४ अंक छ ।

     


    सोमवार, फाल्गुण २४ २०७७११:३५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij