Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै मन्त्री क्वाटर अगाडी धर्ना

सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै मन्त्री क्वाटर अगाडी धर्ना

  • बिहिवार, श्रावण १ २०७७

  • 758
    SHARES

  • सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै मन्त्री क्वाटर अगाडी धर्ना

    काठमाडौं । सरकार र सत्याग्रही युवाबीच गरिएको १२ बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको भन्दै स्वतस्फूर्त रुपमा युवाहरुको समूहले आज मन्त्री क्वाटर हरिहरभवन अगाडी धर्ना दिएको छ ।

    पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १२ दिनसम्म अनसनमा बसेका युवाबीच गरिएको सहमतिको सरकारले बेवास्ता गरेको भन्दै उनीहरु धर्ना बसेका हुन् ।

    पीसीआर परीक्षणको दायरा नबढाउँदा संक्रमितहरुको संख्या बढेको र क्वारेन्टाइन सुधारमा समेत कुनै पहल नभएको भन्दै रुष्ट भएका उनीहरुले अब मन्त्रीहरुको घरघरमै गई धर्ना दिने चेतावनी समेत दिएका छन् ।


    बिहिवार, श्रावण १ २०७७०१:२७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij