Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images
आयोजनाको नाममा ‘दादागिरि’

ठेकेदारले गरे महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

ठेकेदारले गरे महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

  • आइतवार, फाल्गुण २३ २०७७

  • 1.2K
    SHARES

  • ठेकेदारले गरे महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

    काठमाडौं । गल्छी–मैलुङ्ग सडक निर्माण आयोजनाअन्तर्गत नुवाकोटको देवीघाट बजारमा निर्माणाधिन पुल निर्माणका क्रममा ठेगेदार कुमार अधिकारीले स्थानीय एक महिलामाथि ज्यादती गरेका छन् । ती ठेकेदारले स्थानीय महिला पवित्रा गजुरेल पुडासैनीलाई खाल्टो खनेर पुर्ने प्रयास गरेको स्थानीय माधवराज गजुरेलले नेपाली नेटवर्कलाई बताए ।

    उनका अनुसार स्थानीयको प्रयासमा ती महिलाको स्थानीय उद्धार भएको छ । सोहीक्रममा ठेगेदारले स्थानीय केदार पुडासैनीलाई समेत हम्बरले हान्ने प्रयास गरेका थिए ।

    पवित्राको नाममा नापी कार्यालय, नुवाकोटमा दर्ता रहेको जग्गामा बनेको दुईतल्ले घर अनाधिकृत रुपमा जवरजस्ती डोजर लगाएर भत्काउने प्रयास भएपछि सो घटना भएको पीडित पक्षको दाबी छ ।

    सोही विषयलाई लिएर स्थानीयको पहलमा देवीघाट चौकीमा छलफलका लागि वोलाउँदासमेत ठेगेदार कुमार अधिकारीले आफ्ना आफन्त सांसद रहेको तथा प्रहरीमा पनि पहुँच भन्दै आफूलाई कसैले केही गर्न नसक्ने धम्की दिएको पीडित पक्षको आरोप छ ।

    यता, घटनालाई लिएर पीडित पवित्राले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा उजुरीसमेत गरेकी छिन् । छलफलका लागि भनेर प्रहरीले दुवै पक्षलाई बोलाइ पनि सकेको छ ।

    सोही आयोजनाअन्तर्गत बेत्रावती पुल निर्माणका क्रममा आयोजना पीडित एकजनाले आत्महत्यासमेत गरेका छन् ।


    आइतवार, फाल्गुण २३ २०७७०२:२६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij