Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द हुने

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द हुने

  • आइतवार, फाल्गुण २३ २०७७

  • 851
    SHARES

  • आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द हुने

    काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।

    आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ ।

    सडकखण्डमा बिहान साढे १० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिनुभएको छ । उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताउनुभयो ।

    गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिनुभयो ।

    सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ ।

    उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।


    आइतवार, फाल्गुण २३ २०७७०८:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij