Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

करिब दुई दशकपछि मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

करिब दुई दशकपछि मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

  • शनिवार, फाल्गुण २२ २०७७

  • 782
    SHARES

  • करिब दुई दशकपछि मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

    काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै आज (शनिबार) काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ ।

    पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।

    आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ । आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो ।

    सुरूङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजलमै प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची आमनागरिकको लामो सपना भएको बताएका छन् ।


    शनिवार, फाल्गुण २२ २०७७०७:०४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij