Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडक दिउँसो एक हप्ताका लागि बन्द गरिने

नारायणगढ–मुग्लिन सडक दिउँसो एक हप्ताका लागि बन्द गरिने

  • शनिवार, फाल्गुण २२ २०७७

  • 2.5K
    SHARES

  • नारायणगढ–मुग्लिन सडक दिउँसो एक हप्ताका लागि बन्द गरिने

    काठमाडौं । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ ।

    भोलिदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

    नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

    सडकखण्डमा बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिनुभएको छ ।

    उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताउनुभएको छ । यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिनुभयो ।

    सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ ।

    उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । रासस


    शनिवार, फाल्गुण २२ २०७७११:०३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij