Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान

  • शनिवार, फाल्गुण २२ २०७७

  • 851
    SHARES

  • मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान

    एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।

    ला लिगाले मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको छ । मेस्सीले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बन्दै ’प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।

    ३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले १९ गोल गरिसकेका छन् ।

    ला लिगामा बार्सिलोना दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५८ अंक रहेको छ ।


    शनिवार, फाल्गुण २२ २०७७०८:५०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij