Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

दोभान बजारको आगलागीमा झण्डै ४० करोडको क्षति

दोभान बजारको आगलागीमा झण्डै ४० करोडको क्षति

  • बिहिवार, फाल्गुण २० २०७७

  • 913
    SHARES

  • दोभान बजारको आगलागीमा झण्डै ४० करोडको क्षति

    काठमाडौं । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ ।

    क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।

    आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा सबैभन्दा बढी एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताउनुभयो ।

    आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो ।

    आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको थियो । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।

    यसैबीच, आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ ।

    विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आगलागी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मूख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिनुभयो ।

     


    बिहिवार, फाल्गुण २० २०७७१२:१७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij